पल शाहविरुद्ध समीक्षाले दिइन् प्रहरीमा उजुरी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • nepaltale.com

काठमाडौं। गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् ।

उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो ।