रुसले युक्रेनमा हमला गरिरहँदा पुटिन र पाकिस्तानी प्रधानमन्त्री खानबीच भेटवार्ता

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन।

रुस र युक्रेनबीचको द्वन्द्वका कारण विश्वभरी नै तरङ्ग फैलिइरहेका बेला प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनलाई रुस नै गएर भेटवार्ता गरेका हुन।



उनीहरूबीचमा युक्रेनसँगको सम्वन्ध र त्यसमा पाकिस्तानले खेल्ने भूमिकासँगै अन्तर्राष्ट्रिय ध्रुवीकरणलगायतका विषयमा छलफल भएको जनाइएको छ।

साथै आपसी सम्बन्ध, सहकार्य, दुई पक्षीय सरोकार र साझा हितका विषयमा कुराकानी भएको अधिकारीहरूले जनाएका छन्।

दुई दिने भ्रमणका लागि रुसको राजधानी मस्को पुगेका प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनसँग आर्थिक विषयमा समेत छलफल गरेका छन। उनी बुधबार अबेर मस्कोमा उत्रिएका हुन।

खानको भ्रमण टोलीमा रेका भएका पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद क्युरेशीले पनि आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गरेका छन्।