बालुवाटारमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान धनगढीबाट काठमाडौं फर्किएलगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

देउवा र नेपालबीचको संवादसँगै एमसीसी संसदबाट अनुमोदन गराउन नयाँ विकल्पको खोजी सुरु भएको छ। सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन्।



सत्ता गठबन्धन कायमै राखेर एमसीसी परियोजना पास गर्न ठबन्धनका नेताहरु सहमत भएका छन् । सत्ता गठबन्धन कायमै राखेर एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलका नेताहरु फेरि छलफलमा जुटेका छन्।

आफ्ना अडानमा लचिलो हुँदै एमसीसी अनुमोदन गर्नका लागि सत्ता गठबन्धन तयार देखिएका छन्। एमसीसी सम्झौताको विपक्षमा उभिएका सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन जोगाउने निर्णय गरेसँगै विकल्पमा छलफल सुरु भएको हो।

आफ्नो अडान कायम नै राखेर विकल्पमा छलफल गर्न तयार माओवादी तयार भएको छ । एमसीसी सम्झौतका लागि संसदको विशेष समिति बनाउने, विज्ञको राय लिने वा संसदीय समितिमा पठाउनेलगायत विषयमा छलफल हुनसक्ने माओवादी केन्द्रले विकल्प अघि सारेको छ ।

एकीकृत समाजवादीले संशोधनको लागि एमसीसीसँग एकपटक आग्रह गर्ने कि भन्ने आशय व्यक्त गरेको छ। विकसित पछिल्लो घटनाक्रममा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बालुवाटार डाकेका छन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन्।

बिहीबार दुई पटकसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता गरेका देउवाले एमसीसीबारे निर्णायक छलफलका लागि बोलाएका बालुवाटार स्रोतले जनाएको छ।

यसअघि खुमलटारमा माओवादी केन्द्र केन्द्रीय सचिवालयको बैठक बसेको थियो। उक्त बैठकले एमसीसीबारे पुरानै सैद्धान्तिक अडानमा कायम रहेर गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय लिएको थियो। बिहीबार संसद बैठक स्थगित भएपछि एमाले र कांग्रेसको शीर्ष नेतृत्वबीच दुई पटक वार्ता भएको थियो।