५ हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ चैत्र १०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा शून्य मृत्यु रहेको छ।