चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मिति : २०७९ बैशाख १४, बुधबार
  • नेपाल टेल संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन्।



बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान ६ बजे भएको सवारी दुर्घटनामा संलग्न माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।