तराई पुगेका प्रचण्डको आश्वासनः सदन खुल्नकासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छौँ

  • प्रकाशित मिति : २०७९ बैशाख २४, शनिबार
  • नेपाल टेल संवाददाता

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन्।

पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।



कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए।

उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताएl