भरतपुर महानगरमा रेनु दाहालले मतान्तर बढाइन्

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • नेपाल टेल संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् ।



सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।