काठमाडौं। स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । गएको शुक्रबार भएको स्थानीय तह निर्वाचनको देशभर भइरहेको मतगणना अनुसार हालसम्म ९० स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
७ सय ५३ स्थानीय तहका लागि भएको निर्वाचनमध्ये ८९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । जसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले ३३ स्थानमा जीत हात पारेको छ भने नेपाली काँग्रेसले ३४ स्थानमा जित निकालेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले २१ स्थानमा जित हात पार्दा एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रमुखमा अहिलेसम्म खाता खोल्न सककेका छैनन ।
देशभरका प्रमुख र अध्यक्ष पदमा काँग्रेसले अग्रता बनाइरहेको छ भने उप प्रमुख र उपाध्यक्षमा पनि काँग्रेसकै अग्रता रहेको छ । एमालेले भने काँग्रेसलाई पछ्याइरहेको छ ।
त्यसैगरी, उपप्रमुखमा नेपाली कांगे्रसले ३९ ठाउँमा जित हासिल गरेको छ भने नेकपा एमालेले २८ वटा पालिका जित निकालेको छ ।
नेकपा माओवादी केन्द्रले अहिलेसम्म १४ ठाउँमा पालिका उपप्रमुख जित निकाल्दा एकिकृत समाजवादीले ४ ठाउँमा उपप्रमुखमा जितेको छ भने जनता समाजवादी पार्टीले एउटा पालिका जित हासिल गरेको छ ।