१७ हजार मत गन्दा बालेनले ल्याए ६,८९३ मत !

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् ।



यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् ।बालेनलाई पछ्याइरहेका स्थापित तीन हजार २४९ मतले पछाडि परेका छन् ।