१६ हजार मत गणना गर्दा ७ हजार मत बदर

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा उपमेयर पदको सात हजार भन्दा बढी मत बदर भएको छ ।

सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयरमा सात हजार २११ मत बदर भएको हो ।



मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर भएको अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेका थिए ।