बर्दिया । बर्दियाको गुलरियामा एमाले उम्मेदवारले निर्वाचित भएको विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नं. ४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए ।
नाउ आफ्ना समर्थकसहित विजय जुलुसको तैयारीमा रहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।
मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सच्याउनु परेको बताए ।