काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । देशभरका ७५३ पालिकामध्ये एक दर्जनबाहेक सबै पालिकाको मत परिणाम घोषणा भइरहेको छ ।
मंगलबार रातिसम्म ३५० पालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । कांग्रेस १६० पालिकामा विजयी भइसकेको छ भने १४७ पालिकामा अग्रता लिइरहेको छ ।
कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । एमाले १०५ पालिकामा विजयी भएको छ । उसले ९१ पालिकामा अग्रता लिएको छ । त्यस्तै स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
७८ पालिकाको नेतृत्वमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भइसकेका छन् भने ३८ उम्मेदवारले पालिकामा अग्रता लिएका छन् । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पाँच स्थानीय तह जितेको छ भने १४ पालिकामा एकीकृत समाजवादीका उम्मेदवार अगाडि छन् ।
जनता समाजवादी पार्टीले ४ पालिका जितेको छ भने ३० पालिकामा जसपाका उम्मेदवारले अग्रता लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित विभिन्न दल र स्वतन्त्र गरी ९ उम्मेदवारले पालिका नेतृत्व जितेका छन् भने २० वटामा उनीहरुका उम्मेदवार अगाडि छन्।