भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ।
पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिएकी हुन।
नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गरेका छन। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गरेका छन्।
हाल भरतपुर महानगरपालिका–५ को मत गणना जारी रहेको छ। वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले एक हजार ४६४ मत र एमालेका पदमपाणि सुवेदीले एक हजार ३५३ मत प्राप्त गरेका छन। यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ।
इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम गरेको छ। रासस