धरान उपमहानगरको मतगणनास्थलमा विवाद, कांग्रेसले जितेपछि माओवादी आन्दोलनमा उत्रियो

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ – धरान उपमहानगरको मतगणनास्थलमा विवाद भएको छ । धरानको वडा नम्बर २० मा माओवादी केन्द्रका उम्मेदवार विजय तामाङ चार मतले पराजित भएपछि विवाद सुरु भएको हो ।

मतगणनास्थलमा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । पब्लिक हाइ स्कुलमा भइरहेको मतगणना रोकिएको हो ।



उक्त वडामा चार मतको अन्तरले कांग्रेसका पदम लिम्बुले वडाध्यक्ष जितेका थिए ।साेहीविषयमा माओवादीले विवाद सिर्जना गरेकाे हाे ।