फिदिम नगरपालिकाको मेयरमा कांग्रेसका काफ्ले विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

पाँचथर। पाँचथरको एक मात्र नगरपालिका फिदिमको मेयरमा नेपाली काँग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने बिजयी भएका छन् ।

काफ्लेले मेयरका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का पृथ्वी लावतीलाई ६०६ मतान्तरले पराजित गरेका हुन् । काफ्लेले ९६२८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी लावतीले ९०२७ मत प्राप्त गरेका हुन् ।



उपमेयरमा न्यौपानेले निकटतम प्रतिद्वन्दी राप्रपाका जगत थापामगरलाई ३१९५ मतले पराजित गरेका हुन् । न्यौपानेले ८७७३ मत प्राप्त गर्दा मगरले ५५७८ मत प्राप्त गरेका हुन् ।