देशभर ६ जनालाई संक्रमण पुष्टि, सबैजना काठमाडौंका

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गत २४ घण्टामा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार २८ सय ५६ जनाको पीसीआर र ६१७ जनाको एन्टीजेन गरि ३४ सय ३७ जनाको परीक्षण भएको छ ।

एन्टीजेन परीक्षणमा कसैलाई पनि संक्रमण पुष्टि नभएको प्रवक्ता मिश्राले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएको ६ जनानै काठमाडौंका रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । अहिले १४७ जना सक्रिय संक्रमित छन् ।



उनीहरु सबैजना ओम आइसोलेसनमा छन् । नेपालमा हाल सम्म ११ लाख १९ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।