धरानको मतगणनास्थलमा सेना परिचालन, गणना रोकियो

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

इटहरी। धरान उपमहानगरपालिकाको मतगणनाको क्रममा विवाद बढेपछि गणनास्थलमा नेपाली सेना परिचालन गरिएको छ । वडा नम्बर २० को गणना गर्ने क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको थियो ।

नेकपा माओवादी केन्द्रले जनताको मतको अवमूल्यन गरेको भन्दै मतदान अधिकृतले नियतवस लापरवाही गरेको आरोप लगाएको छ । ती मतलाई सदर गर्नुपर्ने भनेर माओवादी कार्यकर्ताले मतगणनास्थल पब्लिक माविमा आन्दोलन थालेका छन् ।



इलाका प्रहरी कार्यालयका निरीक्षक गजेन्द्र रायले विवाद भएपछि अहिले गणना स्थगित भएको बताए । मतदान अधिकृतको हस्ताक्षरबिनाका ती १८ मतपत्रमा ११ माओवादी, ४ कांग्रेस र ३ एमालेको मत देखिएको थियो ।