हेटौंडाको मतपत्र : चोर नेताहरुलाई नो भोट

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।



मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।