काठमाडौंमा सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन चलाउन राेक

  • प्रकाशित मिति : २०७९ जेष्ठ ५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे छ ।

बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे साहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए ।



‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइन्न,’ पाैडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।