काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६२० पालिकाको नजिता सार्वजनिक भएको छ । सार्वजनिक भएका परिणाम अनुसार २७३ पालिका प्रमुख जितेर कांग्रेस पहिलो बनेको छ ।
यस्तै मतगणना जारी रहेका ठाँउमा पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले ५१ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले १७१ पालिका प्रमुखमा जित निकालेको छ ।
यस्तै मतगणना भइरहेका २६ पालिकामा एमालेले अग्रता लिएका छन् । यता माओवादी केन्द्रले २०७४ को निर्वाचनभन्दा सुधार गरेको छ । माओवादी केन्द्रले १११ ठाँउको पालिकामा प्रमुख जितेको छ भने १० ठाउँमा अग्रता लिइरहेको छ ।
यस्तै स्वतन्त्र र अन्य साना दलका उम्मेदवार २३ पालिका प्रमुखमा विजयी भएका छन् । जनता समाजवादी पार्टीले १८ पालिकामा जित निकालेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले १४ पालिकामा जित निकालेको छ भने मतगणना भइरहेका ५ पालिकामा अग्रता लिएको छ । यता लोकतान्त्रीक समाजवादी पार्टीले ७ पालिका प्रमुख जितेको छ भने ५ पालिकामा अग्रता लिइरहेको छ ।
अधिकांश नगरपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने महानगर र ९ उपमहानगरको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
दाङको घोराही उपमहानगरमा नेकपा एमाले विजयी भएको छ भने बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।