अपडेट : स्थापितले उछिने सिर्जनालाई, बालेनको मत कति ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवार शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।

अद्यावधिक मतगणना अनुसार शाहले ३५ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १९ हजार ५ सय १५ मत ल्याएर पछ्याइरहेका छन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ४ सय ५८ मत पाएकी छन्।



दिउँसो सिंहले एमाले उम्मेदवार स्थापितलाई उछिनेकी थिइन्।