काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतगणनाअनुसार बालेनले ४० हजार मत ल्याएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । सिंहले २२ हजार ७२ मत ल्याएकी छन् भने नेकपा एमाले उम्मेदवार केशव स्थापित २१ हजार ५७१ मतसहित तेस्रो स्थानमा छन् ।
स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।