सम्पर्कविहीन तारा एयरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो

  • प्रकाशित मिति : २०७९ जेष्ठ १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्क विहीन भएको छ।

आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको हो।



विमान अवतरण गर्ने समय भैसक्दा पनि नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए।

हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ। विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ।