घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ २०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।



मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् ।

‘तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा पनि बढ्ने गरी भएको व्यवस्था वैज्ञानिक छ, उनले भने ।

कुन रूटमा कति पुग्यो भाडा ?