काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ। राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो ४ बजेबाट कार्यक्रम सार्वजनिक भइरहेको हो।
नगर प्रमुख बालेन्द्र साहले सर्वसाधारणको लागि बिभिन्न आकर्षणका कार्यक्रम ल्याएका छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएका मेयर बालेन शाहले काठमाण्डौँको शिक्षालाई थप गुणस्तरीय बनाउन दरबार हाइ स्कुललाई राष्ट्रिय स्तरको स्कुल बनाउने जनाएका छन् भने हरेक सामुदायिक विद्यालयमा एकएक नर्सको व्यवस्था गरिने जनाइएको छ।
यसको लागि एक विद्यालय एक नर्स कार्यक्रम लागु गरिने मेयर साहले बताए। यसैगरी काठमाण्डौँको सांस्कृतिक स्थल हाँडी गाउँमा होमस्टे संचालन गर्ने पनि मेयर साहले नीति तथा कार्यक्रम मार्फत जानकारी गराएका हुन। महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी गरेको छ।