सहकारी अभियन्ता बास्कोटोको ‘निष्ठाको यात्रा’ लोकार्पण

  • प्रकाशित मिति : २०७९ श्रावण १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सहकारी अभियन्ता डा. दीपकप्रकाश बास्कोटाको आत्मकथामा आधारित निष्ठाको यात्रा नामक कृतिको बिहीबार लोकार्पण गरिएको छ ।

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार डा. बास्कोटाको सो पुस्तक राष्ट्रिय सभागृहमा एक कार्यक्रमको बीच लोकार्पण गरिएको हो ।



बास्कोटा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवं भावातीत ध्यानका नेपालका प्रवद्र्धक समेत हुन् । प्रा.डा. कुलप्रसाद कोइरालाका अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री कुलबहादुर गुरुङ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, सहकारी अभियान्ताहरु, राजनीतिकर्मीहरु, प्राध्यापक, योग शिक्षकहरुलगायतको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बास्कोटाको सहकारी यात्राको विषय र पुस्तकका विषयमा समिक्षा गर्नुभएको थियो ।

बास्कोटाले पुस्तकमा जीवनका करिब अर्धशतकीय कर्म विवरणहरु झक्लिनुका साथै कर्मशील जीवन यात्रामा बेहोरेका अनेक बाधा व्यवधानलाई संक्षिप्त रुपमा उतारेको बताउनुभयो ।