काठमाडौँ। नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बालुवाटार पुगेर विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा लुले नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा धारणा राखेको थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु ।’