काठमाडौ। प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने अन्य १४ जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा स्वर्गद्वारीबाट भिङ्ग्रीकालागि छुटेको लु ३ च ३५३ नम्वरको जिप आज मध्यान्ह दुर्घटना भएको हो ।
दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।