मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभाको चुनाव गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७९ श्रावण १९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाण्डौँ । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो।



निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।