आज एकै दिन १७ जनामा कोरोना संकमणको पुष्टि भएको छ। वीरगंजमा थप १७ जनामा पोजिटिभ भेटिएको हो। यो सँगै संक्रमितको संख्या ९९ पगेको छ। पर्सामा थप १७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमित हुनेमा दुई महिने शिशु पनि छिन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।