काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका छन् ।
सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् । उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।
आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो । उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए ।