काठमाडौं । नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्व्को नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठक पहिलो पटक सम्पन्न भएको छ।
पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा यही साउन २२ गतेदेखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी नीति र योजना तय गरेको जनाइएको छ।
बैठकले तीन बुँदे सहमति इमान्दारीपूर्वक लागु गरेको स्थितिमा महासचिव विप्लव लगायत नेता कार्यकर्ताहरुमाथि भएको पक्राउ पुर्जी आदेशकोको तीव्र भत्सर्ना गरेको छ।
सरकारले तीन बुँदे सहमति बमोजिम सम्पूर्ण मुद्दाहरु खारेजी गरी बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै शिर्ष नेतृत्वलाई पक्राउ पुर्जी आदेश जारी गर्नुमा सरकारको षडयन्त्र र बदनियत रहेको निष्कर्ष निकालेको छ।
बैठकले दुई नीति स्पष्ट गरेको छ। पहिलो, आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार प्रतिबद्ध भएको भएको अवस्थामा सरकारले सो सहमति पूर्ण रुपले लागु गर्नुपर्ने, सहमति अनुसार तुरुन्त सम्पुर्ण मुद्दाहरु खारेज गरी सबै बन्दीहरु रिहा गर्नुपर्ने ।
त्यसका लागि आफ्नो पार्टी सरकारसँग आवश्यक संवादका लागि तयार रहने र सबै राजनीतिक पार्टी र शक्तिहरुसँग परामर्श गर्ने । दोस्रो स् यदि सरकार तीन बुँदे सहमति लागु नगर्ने हो भने जनसंघर्षमार्फत प्रतिवाद गर्ने र संघर्षको बाटो अपनाउने।
बैठकले पक्राउ पुर्जी आदेशको विरुद्ध संसदमा आवाज उठाउने सबै साँसदहरु, विरोध व्यक्त गर्ने राजनीतिक पार्टी तथा नेतृत्वहरु, नागरिक अगुवा लगायत सबैलाई धन्यवाद व्यक्त गरेको छ।
नेकपाले परिस्थिति र सरकारको रबैया, नीति र व्यवहारको आधारमा सबै किसिमका विकल्पबारे सोच्ने मनस्थिति बनाएकोे बुझिन्छ।
बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार “हामी शान्तिपूर्ण तरीकाले आफ्ना कार्यक्रम गर्दा पनि सरकारले हामीलाई लखेट्नै खोजेको हो भने हामीले पनि बाध्य भएर सोच्नै पर्छ।