अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली हानाहान

  • प्रकाशित मिति : २०७९ श्रावण २९, आईतवार
  • नेपाल टेल संवाददाता

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा गोली चलेको छ । गोली हानाहानपछि विमानस्थल खाली गरिएको छ ।

प्रत्यक्षदर्शीहरूले तीनवटा गोली चलेको सुनेका छन्। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।



हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ। टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।