भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन : अध्यक्ष ओली

  • प्रकाशित मिति : २०७९ भाद्र ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले सबैखाले गठबन्धनलाई ठेगान लगाउने दाबी गरेका छन् ।

शुक्रबार गृहनगर दमकमा स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बने पनि त्यो नेताको मात्र गठबन्धन भएको भन्दै त्यसमा जनता सहभागी नरहेको बताए ।



ओलीले भने, ‘गठबन्धन जो सुकैले गरुन्, एमालेको सरकार बन्छ । किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन् । भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन् ।’