काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि नेताहरू सानेपा पुगिसकेका छन् ।
यसअघि गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालयमा राखिएको थियो ।