विश्वप्रकाश शर्मा झापा-१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

  • प्रकाशित मिति : २०७९ भाद्र १६, बिहीबार
  • नेपाल टेल संवाददाता

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट आगामी चुनावमा उठ्ने भएका छन्।

प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उनी उम्मेदवार सिफारिस भएका छन्।



मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।