आज (शुक्रबार) राति देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल (शुक्रबार साँझ ६ बजे) देशभर मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।