नेपाली बालिकाको डान्स मन परेपछि रश्मिकाले भनिन्-‘उनलाई कसरी भेट्ने होला?’

  • प्रकाशित मिति : २०७९ भाद्र २९, बुधबार
  • nepaltale.com

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले नेपाली एक बालिकाको डान्स भिडियो मन परेको भन्दै ट्विट गरेकी छन्।

मकवानपुरकी रहेकी ती बालिकाले चलचित्र ‘पुष्पा’को गीतमा नाच्दै गरेको भिडियो भाइरल छ।

सो भिडियो ट्विटरमा रिट्विट गर्दै अभिनेत्री रश्मिकाले उनको डान्स साह्रै मन परेको भन्दै कसरी भेट्न सक्छु भन्दै ट्विट गरेकी छन्।

उनले लेखेकी छिन्, ‘मेड माइ डे। म यी क्युटीलाई भेट्न चाहन्छु। कसरी भेट्न सक्छु?’