किन बस्दैछ एमाले सचिवालय बैठक ?

  • प्रकाशित मिति : २०८० जेष्ठ १९, शुक्रबार
  • nepaltale.com

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ।

सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।