प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृतिको संज्ञा दिएका छन् । प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले देशमा ७ सय ५३ वा स्थानीय तह भए पनि बजेट एकात्मकतावादी भएर आएको बताए ।
बजेटले हिँड्न खोजेको गन्तव्य पनि अस्पष्ट रहेको उनले बताए । राजनीतिक अर्थशास्त्र नबुझेको बजेट आएको टिप्पणी गर्दै भने, ‘बहुदल कालको ५०–६० करोडको बजेटमा एउटा पालिकाले ३ लाख, दश लाख, पन्ध्र लाख, बीस लाख पाउँथे । त्यस्तै त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दा यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदलकालको बजेटको पुनरावृति भयो भन्न सकिन्छ ।’
सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि सोमबारदेखि छलफल भइरकेको छ ।