एउटा ट्विटको व्यापक विरोध भएपछि चिनियाँ मिडियाले सगरमाथा चीन र नेपालको सीमामा रहेको जनाएको छ।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले यसअघि आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर सार्वजनिक गर्दै सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो।

उक्त ट्विटलाई लिएर व्यापक विरोध भएपछि चिनियाँ मिडियाले आफ्नो यसअघिको ट्विट हटाउँदै नयाँ ट्विट गरेको छ। जसमा सगरमाथा चीन र नेपालको सीमामा पर्ने उल्लेख छ।