प्रतिनिधिसभा बैठकः सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

  • प्रकाशित मिति : २०८० असार ८, शुक्रबार
  • नेपाल टेल संवाददाता

आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाईएको छ ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिदैछन् ।



सो बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शिर्षकहरु माथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्ष माथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेकाे हाे ।

यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।