राष्ट्रपति र उपराष्ट्रपतिलाई छुट्टै सल्लाहकार आवश्यक छैन : सांसद पन्त

  • प्रकाशित मिति : २०८० असार १०, आईतवार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताए । उनले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रिपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिर गरे । उनले उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।



सांसद पन्तले उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग भएको बताउँदै बजेट विनियोजन औचित्यपूर्ण नरहेको जिकिर गरे । उनले राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग गर्न थालेको बताए ।