गरुडा नगरपालिकामा तीन दिनदेखि उपमेयरको धर्ना

  • प्रकाशित मिति : २०८० असार १३, बुधबार
  • नेपाल टेल संवाददाता

रौतहटको गरुडा नगरपालिकामा तीन दिनदेखिको धर्ना जारी छ ।

बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरीलगायतले कार्यालयमा ताला लगाएर तीन दिनदेखि धर्नामा बसेका हुन् ।



नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन् । उपप्रमुख चौधरी नै धर्नामा बसे पछि नगरपालिकवाट हुने काम कारबाही प्रभावित भएको छ ।

गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरू मुख्य गेटमा धर्ना बसेका हुन् । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन ।

नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन् ।