बजेट पारित गर्न कांग्रेस र माओवादीको ह्विप

  • प्रकाशित मिति : २०८० असार १३, बुधबार
  • नेपाल टेल संवाददाता

बजेटप्रति असन्तुष्ट दलहरूको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि असन्तुष्ट दलहरूको संसदीय दलको बैठक बस्न लागेको हो ।



जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठकपछि मात्रै धारणा बनाउने जानकारी दिए ।

बुधवारको बैठकबाट बजेट पारित गर्ने तयारी सरकारले गरेको छ ।