भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार (सिआईबी) गुरुङलाई उनको निवास नक्सालबाट पक्राउ गरेको हो ।
सिआइबीका एक प्रहरी अधिकारीका अनुसार उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो । उनले इकागजसँग भने,’ उनलाई निवासबाट बिहानै पक्राउ गरिएको हो ।’
ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी नेपाल प्रहरीको फरारको सूचीमा रहेका थिए।