नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ ( नेविसंघ) ले ३२ वर्ष मुनिका ७ सय ११ सदस्यीय केन्द्रीय तदर्थ समितिमा सबैभन्दा कान्छो २२ वर्षको उमेरमा आशिष देवकोटा चयन भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जनालाई मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसले हिजो राति १० बजे आफ्नो फेसबुक पेजमा केन्द्रीय तदर्थ समितिका पदाधिकारीहरुको सूची प्रकाशन गरेको हो ।
कर्णाली प्रदेशको मुगु जिल्ला सोरु-१०, धैन मा २०५७ सालमा जन्मिएका देवकोटा सानै उमेरदेखि राजनीतिमा चासो राख्थे । उनी १७ वर्षको उमेरमा नेविसंघ लुम्विनी प्रदेश, सीटीइभीटी नेविसंघ सह-सचिव, १८ वर्षमा नेपाली काङ्ग्रेस मुगु जिल्ला युवा तथा खेलकुद विभाग र नेपाली काङ्ग्रेस प्रचार प्रसार विभागको जिल्ला सदस्य भएका थिए।
त्यसैगरी २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा देवकोटालाई नेपाली काङ्ग्रेस प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो। देवकोटा नेविसंघ रामपुर क्याम्पस, चितवनको २० वर्षमा इकाई सचिव २१ वर्षमा इकाई सभापति भएका थिए ।
गत चैत १७ गते रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेबिसंघबाट सभापतिको उम्मेदवार देवकोटामाथि भौतिक आक्रमण भएको थियो । अनेरास्ववियु र क्रान्तिकारी मिलेर एउटै संगठन बनाई क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले आफूखुसी समिति बनाउन धाँधली, बुथ कब्जा गरी आफूलाई क्याम्पस हाताभित्र हतकडी लगाई निर्मम तरिकाले कुटपीट गरी अचेत बनाइएको उनले बताउँदै आएका छन् ।
आक्रमणमा परेका देवकोटालाई चितवन मेडिकल कलेज लगिएको थियो । उनले १४ दिन सम्म चितवन मेडिकल कलेजमा भर्ना भएर उपचार गरेका थिए । उक्त घटनाको चारैतिरबाट पार्टी भित्र, संसद भित्र र बाहिर विरोध भएको थियो। अझै पनि रामपुर क्याम्पसको स्ववियू विवादित छ ।
यसको उचित मूल्यांकन गर्दै देवकोटा नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको बताए ।