सुनील शर्माको सचिवालयले भन्यो– राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो

  • प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा उनलाई पक्राउ गरिएको बताएको छ ।

शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।



“सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,” सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सचिवालयका अनुसार शर्मालाई बिहीबार करिब ३ बजेतिर सीआईबीले काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।