कञ्चनपुरमा डुबेर एक जनाको निधन

  • प्रकाशित मिति : २०८० भाद्र १८, सोमबार
  • nepaltale.com

कञ्चनपुरमा डुबेर एक जनाको निधन भएको छ।

भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो ।

कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।