केएमसीका डाक्टरलाई हातपात गर्ने गुल्मीका दुई जना पक्राउ

  • प्रकाशित मिति : २०८० आश्विन १४, आईतवार
  • नेपाल टेल संवाददाता

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङ्गल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।



आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हातपात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।